“हे परमेश्वर, म पापी हुँ भनी म जान्दछु। म आफैलाई बचाउन सक्दिनँ भनी म जान्दछु। तर येशू मेरो निम्ति मर्नुभयो भनी म विश्वास गर्छु। उहाँले मेरो ऋण तिर्नुभयो। उहाँ फेरि बौरिउठ्नुभयो। म आफैमा होइन, तर क्रूसमा येशूले पूरा गर्नुभएको काममा र तपाईंमाथि भरोसा राख्दैछु। मलाई क्षमा गर्नुहोस्। मलाई बचाउनुहोस्। म तपाईंलाई पछ्याउन चाहान्छु। येशूको नाममा, आमेन।”
“किनभने सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।”
— रोमी ३:२३“हामी सबै भेडाहरूझैँ बरालिएका छौं। हामी परमेश्वरबाट टाढा भएका छौं। हामी सबै आ-आफ्नै बाटोतिर लागेका छौं। तर परमप्रभुले हामी सबैका पापहरू उहाँमाथि हालिदिनुभएको छ।”
— यशैया ५३:६“किनभने पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदानचाहिँ हाम्रा प्रभु ख्रीष्ट येशूमा अनन्त जीवन हो।”
— रोमी ६:२३“तर हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसैबाट परमेश्वरले हामीप्रति आफ्नो प्रेम प्रकट गर्नुहुन्छ।”
— रोमी ५:८“यदि तिमीले आफ्नो मुखले “येशू प्रभु हुनुहुन्छ” भनी स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने, तिमीले उद्धार पाउनेछौ।”
— रोमी १०:९“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ — र यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो — कर्महरूबाट होइन, र यसैले कसैले घमण्ड गर्न सक्दैन।”
— एफिसी २:८-९“र गवाही यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन छैन।”
— १ यूहन्ना ५:११-१२